Section 42
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बोर्डले आवशयक नियम बनाउन सक्नेछ र त्यस्तो नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी बोर्डले देहायका विषयमा नियम बनाउन सक्नेछः–
(क) बोर्डको कार्यकारी निर्देशक र कर्मचारीको नियुक्ति पारिश्रमिक, सुविधा तथा सेवाका शर्तका सम्बन्धमा,
(ख) कोषको रकमको प्रयोग र सञ्चालन सम्बन्धमा,
(ग) सडक मर्मत सम्भारको लागि रकम निकासा दिने तथा कोषको आर्थिक कार्यविधि सम्बन्धमा,
(घ) बोर्डको काम कारबाही, लेखा तथा आर्थिक प्रशासन तथा सडक मर्मत सम्भार तथा अन्य काम गर्दा अपनाउनु पर्ने तरिकाको सम्बन्धमा,
(ङ) अन्य आवश्यक कुराहरुका सम्बन्धमा ।